`

प्रदेश प्रमुख खापुङ समक्ष राष्ट्रिय दलित आयोगबाट तेश्रो वार्षिक प्रतिवेदन पेश

Nepal One HD ८ पुष २०८० २०:२७
राजनीति

मोरङ, ८ पुस : राष्ट्रिय दलित आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आयोगको तेस्रो बार्षिक प्रतिवेदन पेश गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा आयोगका सदस्य टुन्ज बराइलीले प्रतिवेदन पेश गर्नुभएको हो ।

सो अवसरमा प्रदेश प्रमुख खापुङले  छुवाछूत अन्त्यका लागि सामूहिक प्रयत्नको खाँचो औल्याउनुभयो ।  आयोगका सदस्य बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताउनुभयो । 

प्रतिक्रिया