`

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय सर्वोच्चद्वारा बदर

Nepal One HD १३ पुष २०८० १८:१२
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले शुक्रबार सुनुवाइ गर्दै अदालतले फागुन एक गतेलाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सर्वोच्चले शान्ति प्रकृयाका कार्यभार पूरा नहुदै गरिएको सार्वजनिक विदाले पीडितलाई थप पीडाबोध भएको उल्लेख गरेको छ । गतवर्ष सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया