`

बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिने

Nepal One HD १५ पुष २०८० १६:३३
प्रमुख खबर

काठमाडौं । सरकारले बालकुमारी घटनाको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट आयोग गठनको निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

सचिवालयले भनेको छ, ‘जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ । भोलि मिति २०८०/९/१६ मा बस्ने नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले आयोग गठनको औपचारिक निर्णय गर्नेछ र आयोगले भोलिदेखि नै कार्य प्रारम्भ गर्नेछ ।’

गत शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँग भएको झडपमा दुई जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया