`

गाजा र पश्चिम किनारका लागि एकल प्यालेस्टिनी सरकारका लागि ‘खुला’ रहेको हमास प्रमुखको भनाइ

Nepal One HD १८ पुष २०८० ७:५३
विश्व

हमास प्रमुख इस्माइल हानियेहले गाजामा शासन गर्नका लागि एकल प्यालेस्टिनी प्रशासनका लागि आफू तयार रहेको मङ्गलबार बताउनुभएको छ । गाजामा हमासको शासन छ र पश्चिम किनार उसको कब्जामा छ ।“हामी आन्तरिक (प्यालेस्टिनी) अवस्थाका सम्बन्धमा धेरै पहल प्राप्त गरेका छौँ र हामी पश्चिम किनार र गाजाका लागि एउटा राष्ट्रिय सरकारको विचारका लागि खुला छौँ”, उहाँले टेलिभिजन सम्बोधनमा भन्नुभयो ।

सन् २००६ को प्यालेस्टिनी निर्वाचनमा विजय भएपछि हमासले गाजापट्टीलाई नियन्त्रण गरेको छ । त्यसअघि प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासको फतह पार्टीसँग हिंसात्मक झडपहरू भएका थिए । गुटहरूबीच मेलमिलापका धेरै प्रयास विफल भएका छन् । पश्चिम किनारमा प्यालेस्टिनी प्राधिकरणका प्रमुखका रूपमा अब्बासको लोकप्रियता घटेको छ ।

हमास र इजराइलबीच करिब तीन महिनाको युद्धका क्रममा गाजाको भावी शासनबारे लगातार प्रश्न गरिएको छ । इजराइलले हमासलाई सखाप पार्ने वाचा गरेको छ । अमेरिकाले युद्धपछि प्यालेस्टिनीहरू कुनै पनि प्रशासनको हिस्सा हुनुपर्नेमा जोड दिएको छ तर अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त प्यालेस्टिनी प्राधिकरणको भविष्यको भूमिका अस्पष्ट छ ।

अल जजिराले प्रसारण गरेको हानियेहको सम्बोधनमा उहाँले युद्धमा दोस्रो सम्भावित विरामका बारेमा पनि चर्चा गर्नुभयो । यसअघिको युद्धविरामले अक्टोबर ७ मा हमासले इजराइलबाट अपहरण गरेका दुई सय ५० बन्धकमध्ये करिब आधालाई रिहा गर्न मार्ग प्रशस्त गरेको थियो ।धेरै विवरण नदिई हानियेहले भन्नुभयो, “शत्रुका बन्दीहरूलाई प्रतिरोधले निर्धारित सर्तका आधारमा मात्र रिहा गरिनेछ ।” गाजामा करिब एक सय २९ बन्धक अझै पनि बन्दी छन् ।


प्रतिक्रिया