`

देवघाटको विकासका लागि सरकारको ध्यानाकर्षण गराउनेछु – अध्यक्ष तिमिल्सिना

Nepal One HD १८ पुष २०८० १९:३०
राजनीति

दमौली, १८ पुस : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवघाटधामको धार्मिक तथा पर्यापर्यटनको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ ।

देवघाट गाउँपालिका–५ कालीमाटीस्थित जगन्नाथ शान्ति कुञ्जको अवलोकनपपछि अध्यक्ष तिमिल्सिनाले देवघाट देशकै प्रमुख धार्मिक तथा पर्यापर्यटनका लागि महत्वपूर्ण स्थान भएकाले यसको विकास र प्रचारप्रसारका लागि सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “देवघाटधाममा विश्वमा प्रसिद्ध छ । यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्दछु ।”

देवघाटमा धार्मिक पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको हुँदा यी विषयमा सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने र देवघाट जोड्ने विभिन्न ठाउँमा मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो ।


प्रतिक्रिया