कोसीको सभामुखमा राप्रपाका विष्ट निर्विरोध (भिडियो सहित)
प्रमुख खबर
विराटनगर । कोसी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । उनलाई गठबनधनमा आवद्ध दल र प्रतिपक्षी एमालेले समेत समर्थन गरेपछि निर्विरोध बनेका हुन् ।
आज बसेको प्रदेशसभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्टलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र समर्थकमा प्रदेशसभा सदस्य प्रेमराज थामसुहाङ थिए ।
९३ सदस्यीय प्रदेशसभामा नेपाल कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । यस्तै, एमालेका ४० र राप्रपाका ६ सांसद छन् । प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । गठबन्धनमा ४७ सांसद छन् । राप्रपाको साथ पाएपछि स्पष्ट बहुमत पुग्ने भएपछि सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिन तयार भएको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
