`

चीनद्वारा अफ्रिकासँग पारस्परिक सहयोगमा जोड

Nepal One HD ७ माघ २०८० ७:०९
विश्व

चीनले अफ्रिकासँग पारस्परिक सहयोगलाई जोड दिएको चिनिया विदेशमन्त्रीले बताउनु भएको छ ।चीन सधैं अफ्रिकी जनताको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय मर्यादाको रक्षा गर्न प्रतिबद्ध रहेको चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार उल्लेख गर्नु भएको छ ।चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले हालै इजिप्ट, ट्युनिसिया, टोगो र कोटे दि आइभोरलगायत चार अफ्रिकी मुलुकको भ्रमणपश्चात् सञ्चारकर्मीलाई जानकारी दिँदै उक्त टिप्पणी गर्नुभएको हो।

अफ्रिकी महाद्वीप ३४ वर्षदेखि हरेक वर्ष चिनियाँ विदेशमन्त्रीको पहिलो विदेश भ्रमणको गन्तव्य बनेको छ । यसले अफ्रिकालाई चीनले दिएको ठूलो महत्त्व र अफ्रिकाको विकास र पुनरुत्थानमा दृढ समर्थन रहेको देखाउँछ, वाङले भन्नुभयो।
चीन अफ्रिकाको बलियो मित्रता र विश्वासको कदर गर्ने वाङ्ले बताउनु भएको छ । चीनको मुख्य चासोका विषयहरूमा अफ्रिकी देशहरूले सबैभन्दा दृढ समर्थन प्रस्ताव गरेको वाङले उल्लेख गर्नु भएको छ । चीनले अफ्रिकी देशहरूको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न पनि दृढतापूर्वक समर्थन गर्ने उहाँको धारणा छ।


प्रतिक्रिया