`

पीएम कप : बागमती प्रदेश ६ विकेटले विजयी

Nepal One HD १३ माघ २०८० १४:०९
खेलकुद

काठमाडौँ / प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगीतामा बागमती प्रदेशले लुम्विनी प्रदेशलाई पराजित गरेको छ । किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा शनिबार भएको खेलमा बागमतीले लुम्विनीलाई ६ विकेटले पराजित गरेको हो । अन्तर्गत आफ्नो लिग चरणको अन्तिम खेलमा बागमती प्रदेशले सहज जित हासिल गरेको छ ।

शनिवार भएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेश माथि ६ विकेटको जित हासिल गरेको हो । लुम्बिनी प्रदेशले दिएको १०७ रनको लक्ष्य बागमतीले ४ विकेट गुमाएर १७.२ ओभरमा पुरा गर्यो । बागमतीका लागि इशान पाण्डेले ५० रनको अर्धशतकिय पारी खेले । लुम्बिनीका लागि निर्मल गुरुङले २ विकेट लिए भने कृष्ण कार्की र अभिषेक गौतमले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ३२.२ ओभरमा १०६ रनमा समेटियो । बागमतीका लागि सुर्य तामाङले सर्वाधिक ६ विकेट लिए । लुम्बिनीका लागि कप्तान सुशान्त थापाले सर्वाधिक २८ रन बनाए । जितसंगै बागमती १२ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । शीर्ष २ ले फाइनल खेल्ने तालिका अनुसार फाइनल खेल्ने सम्भावना भएपनि बागमतिले अन्य खेलको नतिजा भने कुर्नुपर्ने छ । प्रतियोगीतामा पुलिस अहिले ६ खेलबाट शतप्रतिशत जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । पुलिसले अझै केहि खेल बाँकी छ । यसैगरी मधेस प्रदेश १० अंकसहित तेस्रो स्थानमा रहेको छ । मधेशले पनि एक खेल खेल्न बाकी छ ।


प्रतिक्रिया