`

इराक र अमेरिकाद्वारा अमेरिकी नेतृत्वको गठबन्धनका विषयमा वार्ता शुरु

Nepal One HD १४ माघ २०८० ७:१३
विश्व

इराकमा अमेरिकी नेतृत्वको अन्तरराष्ट्रिय गठबन्धन मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न पहिलो चरणको वार्ता शनिबार शुरु गरिएको इराकी सरकारले जनाएको छ। इराकी प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीको सञ्चार कार्यालयले जारी गरेको विज्ञप्तिमा अल-सुदानीले वरिष्ठ इराकीहरू उपस्थित भएको बैठकको अध्यक्षता गरेको तस्विर प्रकाशित गर्दै पहिलो चरणको वार्ताको शुरु भएको उल्लेख गरेको छ ।

बिहीबार, इराकले इराकमा अमेरिकी नेतृत्वको अन्तरराष्ट्रिय गठबन्धनको मिसनको अन्त्यबारे छलफल गर्न उच्च सैन्य आयोग गठन गर्न संयुक्त राज्य अमेरिकासँग सहमत भएको जनाएको छ। इराकले उल्लेख गरेको छ- आयोगले इस्लामिक राज्यद्वारा उत्पन्न खतराको मूल्याङ्कन गर्ने र इराकी सुरक्षा बलहरूको क्षमताहरूको मूल्याङ्कन गर्नेछ । इराकमा अन्तरराष्ट्रिय गठबन्धन सल्लाहकारहरू क्रमशः घटाउने र गठबन्धनको सैन्य अभियानको अन्त्यको लागि स्पष्ट समयतालिका तयार गर्ने विषय पनि अगाडि सारिएको बताइएको छ ।


प्रतिक्रिया