`

मार्च १ देखि चीन र थाइल्याण्ड भिसामुक्त युगमा प्रवेश गर्ने : चिनियाँ विदेशमन्त्री

Nepal One HD १४ माघ २०८० २०:५०
विश्व

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिक रूपमा मार्च १ देखि “भिसामुक्त युग” मा प्रवेश गर्ने बताउनु भएको छ । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।थाइल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री पर्णप्री बहिद्धा-नुकारासँगको परामर्शपछि संयुक्त पत्रकार सम्मेलनमा वाङले यस्तो टिप्पणी गर्नु भएको हो ।

यसले पक्कै पनि द्विपक्षीय जनता–जनता बीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने मन्त्री वाङको विश्वास छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले छिमेकी देशहरूसँगको कूटनीतिमा थाइल्याण्डलाई चीनले सधैं प्राथमिकताका रूपमा हेरेको बताउनुभएको छ ।उहाँले एक चीन सिद्धान्तप्रति थाइल्यान्डको दृढ प्रतिबद्धता र विश्वव्यापी विकास पहल, विश्वव्यापी सुरक्षा पहल र विश्वव्यापी सभ्यता पहलका लागि सक्रिय सहयोगको चीनले सदैव प्रशंसा गरेको बताउनु भएको छ ।

आगामी वर्ष चीन-थाइल्याण्ड कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै वाङले विगत आधा शताब्दीमा द्विपक्षीय सम्बन्धले बदलिँदो अन्तरराष्ट्रिय परिदृश्यको परीक्षालाई सामना गरेको र त्यसमा बलियो हुँदै गएको बताउनुभयो।


प्रतिक्रिया