इयुद्वारा रुस विरुद्धको आर्थिक प्रतिबन्ध विस्तार

विश्व

युरोपेली संघ (ईयु)ले सोमबार रुसविरुद्धको प्रतिबन्धात्मक आर्थिक कदमलाई थप छ महिनाका लागि लम्ब्याएको छ ।
जारी रुस-युक्रेन द्वन्द्वका कारण प्रतिबन्धहरू जुलाई ३१ सम्म लम्बिने ईयु काउन्सिलले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ।जबसम्म रुस-युक्रेन द्वन्द्व जारी रहन्छ तबसम्म प्रतिबन्ध जारी रहिरहन्छ- इयुले भनेको छ । इयुले रुस विरुद्धका प्रतिबन्धको १२ प्याकेजहरू अपनाएको जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट