`

इयु शिखर सम्मेलन स्थल वरपर ब्रसेल्समा सडक अवरुद्ध

Nepal One HD १८ माघ २०८० १८:४२
विश्व

प्रदर्शनकारी किसानहरूले बिहीबार करिब १,००० ट्याक्टरहरू सहित इयु शिखर सम्मेलनको वरपरका सडकहरू अवरुद्ध गरेका छन् ।प्रदर्शनकारीहरूले थपिदो कर, बढ्दो लागत र सस्तो आयातको विरोध गर्दै आएका छन् तर यसको सुनुवाइ नभएपछि उनीहरू प्रदर्शनीमा उत्रेका हुन् ।

वस्तुतः शिखर सम्मेलनमा इयुको बहुवार्षिक वित्तीय रूपरेखाको मध्यावधि परिमार्जन, युक्रेनलाई सहयोग र मध्यपूर्वको अवस्थाबारे छलफल गर्ने तयारी गरिएको छ । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले शिखर सम्मेलनअघि युरोपेली परिषद्का सदस्यहरूलाई छलफलका यस्ता एजेन्डाबारे निमन्त्रणा पत्रमा जानकारी गराउनु भएको छ ।


प्रतिक्रिया