शहरी र ग्रामीण क्षेत्रको सन्तुलित विकासलाई प्रवर्द्धन गर्ने मङ्गोलियाका प्रधानमन्त्रीको प्रतिबद्धता


मंगोलियाले शहरी र ग्रामीण विकासलाई सन्तुलनमा राख्न आफ्नो क्षेत्रीय विकासलाई प्राथमिकता दिइने प्रधानमन्त्री लुभ्सन्नमस्राई ओयुन–एर्डेनले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
“मंगोलियाली सरकारले सन २०२४ लाई क्षेत्रीय विकासलाई सहयोग गर्ने वर्ष घोषणा गरेको छ। हाम्रो देशको अर्थतन्त्रलाई विविधीकरण गर्न हामीले आधारभूत विषयहरूमा ध्यान दिनु आवश्यक छ, मंगोलियन इकोनोमिक फोरम–क्षेत्रीय विकास“ नामक दुई दिने राष्ट्रिय मञ्चको उद्घाटन समारोहमा उहाँले सो धारणा राख्नु भएको हो ।
देशको ३५ लाख जनसङ्ख्या राजधानी उलान बातोरमा बसोबास गर्छन् जसले देशको कुल जमिनको ०.३ प्रतिशत मात्र ओगटेको छ ।
यसको परिणामस्वरूप राजधानीले वायु प्रदूषण, ट्राफिक जामजस्ता थुप्रै समस्या झेल्नु परेको छ । अर्थतन्त्र धरापमा परेको र आय असमानता पनि बढेको छ । यसै सन्दर्भमा उलान बातोरका धेरै समस्याहरू समाधान गर्न शहरी र ग्रामीण विकासलाई सन्तुलनमा राख्नुपर्ने प्रधानमन्त्रीको धारणा छ ।
यसैबीच एसियाली राष्ट्रले आफ्ना २१ प्रान्तहरूलाई उत्तरी क्षेत्र, खङ्गाई वा हिमाली क्षेत्र, पश्चिमी क्षेत्र, मध्य क्षेत्र, पूर्वी क्षेत्र र दक्षिणी गोबी क्षेत्र जस्ता विभिन्न क्षेत्रहरूमा विभाजन गरेर आफ्नो क्षेत्रीय विकासलाई सहयोग गर्ने उपायहरू अवलम्बन गर्ने अपेक्षा पनि गरिएको छ।