‘नागरिकले सुशासन चाहेका छन्’ : प्रदीप पौडेल
राजनीति
म्याग्दी (बेनी), २१ माघ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले सुशासनबाट मात्र नागरिक सन्तुष्ट हुने भएकाले सुशासनसहितको विकासमा जोड दिनुभएको छ । नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको समुदायमा कांग्रेस अभियान कार्यक्रममा नेता पौडेलले विकास–निर्माणका कामबाट मात्र नागरिक सन्तुष्ट नहुने भएकाले सुशासनसहितको विकास उनीहरूले खोजेका बताउनुभयो ।
“मुलुकमा व्यवस्था परिवर्तन भयो, भौतिक पूर्वाधारको क्षेत्रमा व्यापक विकास पनि भयो, मानव विकास सूचकाङ्कमा पनि सुधार भयो तर सुशासन कायम हुननसक्दा नागरिकमा व्यापक असन्तुष्टि छ,” नेता पौडेलले भन्नुभयो । उहाँले विकास–निर्माण योजनालाई अलपत्र पार्ने निर्माण व्यवसायी र सहकारीको रकम हिनामिना गर्नेहरूमाथि कठोर कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
