अल्जेरियामा हेलिकोप्टर दुर्घटनाः ३ जना सैनिकको मृत्यु

विश्व

अल्जेरियन वायुसेनाको हेलिकोप्टर बुधबार राति मध्य एल मेनिया प्रान्तमा दुर्घटना हुँदा त्यसमा सवार तीनै जना चालक दलका सदस्यको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ।
सेनाको विज्ञप्तिमा जनाइए अनुसार एमआई-१७१ हेलिकप्टर एल मेनिया विमानस्थल नजिकै नजिकै राति प्रशिक्षण सञ्चालनको क्रममा दुर्घटना भएको थियो । अल्जेरियाका सेना प्रमुख सेड चेन्ग्रिहाले दुर्घटनाको छानबिन अगाडि बढेको जानकारी दिनु भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट