`

एक खेल अघि नै जित्यो नेपालले क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज

Nepal One HD २७ माघ २०८० १६:३३
खेलकुद

काठमाडौ । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पनि नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गरेको हो । नेपाललाइृ जित दिलाउन कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाए । यस्तै, देव खनालले ७६, अनिलकुमार साहले ५०, भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे ।

पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।


प्रतिक्रिया