`

संयुक्त राष्ट्रसंघले दक्षिण सुडानमा मानवीय काफिलेमा भएको आक्रमणको निन्दा

Nepal One HD २७ माघ २०८० २०:३८
विश्व

दक्षिण सुडानमा संयुक्त राष्ट्रसंघ नियोगले जोङ्लेई राज्यको बोर दक्षिणी काउन्टीको एनीडी पायममा शान्ति सैनिकहरूद्वारा सुरक्षित गरिएको मानवीय राहत क्षेत्रमा भएको आक्रमणको निन्दा गरेको छ।

दक्षिण सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा युएनएमआईएसएसका प्रमुख निकोलस हेसोमले बोर टाउनबाट ६० किलोमिटर टाढा रहेको म्याकडिटबाट त्यस क्षेत्रतर्फ गएको बेला उक्त घटना भएको बताउनु भएको छ ।

उहाँले हतियारधारीहरूको एउटा समूह झाडीबाट एक्कासि निस्केको र संयुक्त राष्ट्रसंघको गाडीमा गोली हानेको थियो । यद्यपि त्यहाँ कुनै मानवीय क्षति हुन नपाएको जनाएको छ । साथै शान्ति सैनिकहरूले जवाफी कारबाही फर्काएको र आक्रमणकारीहरूलाई भगाएका थिए ।

“यस आक्रमणले अत्यावश्य मानवीय खाँचोमा परेका समुदायहरूलाई महत्त्वपूर्ण सहयोग पुर्या उने र सुरक्षा प्रदान गर्ने शान्ति सैनिकहरूको जीवनलाई खतरामा पारेको छ। यो पूर्ण रूपमा अस्वीकार्य छ,” हेसोमले शुक्रबार साँझ दक्षिण सुडानको राजधानी जुबामा जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

संयुक्त राष्ट्रसंघका अधिकारीले जोङलेई राज्यको सरकारलाई सहयोग प्रदान गर्न स्थानीय सेनाको संयुक्त सुरक्षा टोलीलाई तुरुन्तै त्यस क्षेत्रमा तैनाथ गरेकोमा प्रशंसा गर्दै दोषीहरूमाथि अनुसन्धान अगाडि बढाउन र जवाफदेही बन्न आग्रह गरेको छ ।


प्रतिक्रिया