`

महासमिति बैठकका एजेण्डामाथि छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

Nepal One HD २८ माघ २०८० १८:०९
राजनीति

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । कांग्रेस महासमिति बैठक बस्नु अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो । बैठक फागुन ३ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महासमितिको बैठकमा पेश गरिने एजेण्डाहरुमा छलफल गर्न महासमिति बैठक बोलाइएको र त्यसमा सबै केन्द्रीय समितिका पदाधिकारी सदस्यलाई उपस्थित हुन आग्रह गरेको छ ।


प्रतिक्रिया