३७ औं अफ्रिकी संघ शिखर सम्मेलनमा राष्ट्रपति सीको बधाइ सन्देश

विश्व

चिनियाँ राष्ट्रपति सी चिन फिङले शनिबार ३७ औँ अफ्रिकी संघ (एयु) शिखर सम्मेलनको उद्घाटन सत्रमा बधाइ सन्देश पठाउनुभएको छ।सन्देशमा राष्ट्रपति सीले गत वर्ष चीन-अफ्रिका नेताहरूबीचको वार्ता सफलतापूर्वक सम्पन्न भएको स्मरण गर्दै दुवै पक्षले आ-आफ्नो आधुनिकीकरणको मार्गमा एकअर्कालाई सहयोग गर्ने निर्णय गरेको उल्लेख गर्नु भएको छ ।
उहाँले चीन-अफ्रिका सम्बन्ध अझै गहिरो गरी विकास हुँदै गएको कुरा औंल्याउनुभएको छ। विकासको परिकल्पनालाई साकार पार्नका लागि दुवै पक्षले संयुक्त रूपमा उचित वातावरण सृजना गर्नुपर्ने धारणा राख्नु भएको छ ।
उहाँले यस वर्ष चीन-अफ्रिका सहयोगको नयाँ खाका बनाउन अफ्रिकी नेताहरूसँग मिलेर काम गर्न र साझा भविष्यका साथ उच्चस्तरीय चीन-अफ्रिका समुदायलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट