समाजवादी मोर्चाको संयोजकमा महासचिव नेत्रविक्रम चन्द चयन
राजनीति
काठमाडौँ, ६ फागुन : समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन हुनुभएको छ ।
मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले चन्दलाई संयोजक तोकेको मोर्चाका सदस्यसचिव एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिनुभयो । मोर्चाले देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे समेत बैठकमा छलफल गरेको थियो ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् । प्रत्येक चार–चार महिनामा आलोपालो नेतृत्व गर्ने समझदारीका साथ मोर्चा गठन गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
