`

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Nepal One HD ९ फागुन २०८० १०:५८
समाचार

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । दाङको घोराही–तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाका दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका– ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको डीएसपी मल्लले बताए । सडकमा गुडिरहेको साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन् ।


प्रतिक्रिया