इन्डोनेसियाको मन्त्रिपरिषद्द्वारा २०२५ को वित्तीय रणनीतिमाथि छलफल

विश्व

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सोमबार सन् २०२५ का लागि वित्तीय रणनीतिलाई सम्बोधन गर्न र खाद्यान्नको मूल्य स्थिरताको तयारी गर्न मन्त्रीहरू र संस्थाका प्रमुखहरूसँग मन्त्रिपरिषद् बैठक गर्नुभएको छ ।
“म सबै सम्बन्धित मन्त्रालय र संस्थाहरूलाई सजग रहन र मानिसहरूले अर्थपूर्ण र शान्त पूजामा संलग्न हुन सक्ने वातावरण सुनिश्चित गर्न विनम्र अनुरोध गर्दछु। मेरो मुख्य अनुरोध खाद्य आपूर्ति र खाद्यान्नको मूल्य स्थिरताको संरक्षण हो,” उहाँले भन्नुभयो ।
मुस्लिमहरूको बाहुल्य रहेको इन्डोनेशियामा ३० दिने रमजान उपवास मार्चको दोस्रो हप्तामा शुरु हुनेछ ।बैठकको मुख्य विषयहरू मध्ये पूर्वाधार र घर फर्कनेहरूका लागि उपयुक्त यातायातको साधन व्यवस्थापन गर्नु रहेको बताइएको छ । मुस्लिम समुदायको यस महान् पर्वमा मानिसहरूको आबतजावत व्यापक हुने गर्दछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट