`

युक्रेन र नेदरल्याण्डबीच सुरक्षा सम्झौतामा हस्ताक्षर

Nepal One HD १९ फागुन २०८० ८:१९
विश्व

युक्रेन र नेदरल्याण्ड्सले शुक्रबार सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् । सो सम्झौताले कीभलाई यो वर्ष दुई अर्ब युरो (२.२ बिलियन डलर) सैन्य सहायता प्रदान गर्ने राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताउनु भएको छ ।

“युक्रेनको रक्षा प्रणालीलाई बलियो बनाउने यो सम्झौताका लागि म प्रधानमन्त्री (मार्क) रुट्टेप्रति आभारी छु,” जेलेन्स्कीले उत्तरपूर्वी शहर खार्किभमा रुटेलाई भेटेपछि बताउनु भएको छ । सम्झौताको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।


प्रतिक्रिया