`

कला र संस्कृतिका लागि मौलिकता पनि आवश्यक – मन्त्री किराती

Nepal One HD २० फागुन २०८० ७:२०
राजनीति

टक्सार (भोजपुर) – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कला र संस्कृतिका लागि मौलिकता पनि आवश्यक रहेको बताउनुभएको छ ।

भोजपुर सदरमुकाममा गायन तथा नृत्यतर्फको भोजपुर गट ट्यालेन्ट प्रतियोगिता २०८० को अन्तिम चरणको शनिवार उद्घाटन गर्दै मन्त्री किरातीले गीत, सङ्गीत र कलाको माध्यमबाट समाजको अनुहार देखाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले मौलिकतामा फर्किन सकिएमा मात्रै विश्वमा नेपालले नाम राख्न सक्ने धारणा राख्नुभयो । गाउँबाट प्रतिभा पहिचान गरेर यहाँसम्म ल्याउने कार्यक्रम उत्कृष्ट भएको भन्दै मन्त्री किरातीले कला र संस्कृति जर्गेना जरुरी भएको बताउनुभयो । अन्तिम चरणका लागि गायनतर्फ छजना र नृत्यतर्फ छजना छनोट भएका थिए ।


प्रतिक्रिया