`

संयुक्त राष्ट्संघद्वारा लिबियामा राजनीतिक समस्या समाधानका निम्ति सम्झौता गर्न आह्वान

Nepal One HD २५ फागुन २०८० ८:०६
विश्व

लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि अब्दुलाये बाथिलीले लिबियामा जारी राजनीतिक सङ्कट समाधानका लागि सम्झौताको प्रयासलाई तीव्र पार्न पुनः आह्वान गर्नुभएको छ।लिबियाको प्रतिनिधिसभा, संसद्का सभामुख अगुइला सालेहसँग बुधबार टेलिफोन वार्ताका क्रममा बाथिलीले उक्त आग्रह गर्नु भएको हो ।

‘हामीले राजनीतिक प्रक्रियाको वर्तमान अवस्थाको बारेमा विचार आदानप्रदान गर्यौं र मैले सम्झौताको प्रयासलाई तीव्र पार्न पुनः आह्वान गरेको छु, “बथिलीले बिहीबार ट्वीट गर्नु भएको छ। वार्ताका क्रममा उहाँहरूले चुनावका लागि राजनीतिक समास्याको समाधान गर्न र लिबियामा एकता, स्थिरता र दिगो शान्ति सुनिश्चित गर्न परामर्श जारी राख्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।

निर्वाचन कानुनमा दलहरू बीचको असहमतिका कारण लिबियाले सन् २०२१ डिसेम्बरमा हुनुपर्ने आम चुनाव गराउन असफल भएको थियो । सन् २०११ मा गद्दाफी शासनको पतन भएदेखि नै लिबिया बढ्दो हिंसा र अशान्तिले रुमलिएको छ ।


प्रतिक्रिया