`

दर्शन समाजको भवन बनाउन पूर्वमन्त्री हमालद्वारा ५१ लाखको जग्गादान

Nepal One HD २६ फागुन २०८० १८:२४
राजनीति

खजुरा (बाँके), २६ फागुन: नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माणका लागि रु ५१ लाखबराबरको जग्गादान गर्नुभएको छ ।

पूर्वमन्त्री हमालले नेपालगञ्ज उपमहानगरपालिका–१२ गोरखनगरमा रहेको रु ५१ लाख मूल्य पर्ने ११ धुर जग्गा दर्शन समाज संस्थालाई भवन निर्माणका लागि दान गर्नुभएको हो । उक्त कार्यालयको अभावमा सो संस्थालाई काम गर्न समस्या भएकाले आफूले आफ्नो परिवारसँग सल्लाह गरेर सो जग्गा दान गरेको उहाँले बताउनुभयो ।दर्शन समाज बाँकेका अध्यक्ष रमेश शाहले सो सहमतिपत्र हस्तान्तरण गर्नुभयो । सहमतिपत्रमा हमालले प्रदान गरेको जग्गामा समाजले कार्यालय भवन निर्माण गर्ने र समाजसेवामा सक्रिय रहने उल्लेख छ ।नेपाली कांग्रेस बाँकेका पूर्वसभापतिसमेत रहनुभएका पूर्वमन्त्री हमालले यसअघि केही वर्ष पहिला पनि नेपालगञ्ज–१२ को स्वास्थ्यचौकी निर्माणका लागि आफ्नो पाँच कठ्ठा जग्गादान गर्नुभएको थियो । सो जग्गामा अहिले स्वास्थ्यचौकी निर्माण भएर वडावासीले स्वास्थ्य सेवा पाइरहेका छन् ।


प्रतिक्रिया