`

राष्ट्रियसभाका २ वटा समितिको सभापतिमा एकल उम्मेदारी

Nepal One HD ३ चैत २०८० १३:५५
प्रमुख खबर

काठमाडौ । राष्ट्रियसभा अन्तर्गत दुइवटा बिषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । दुई समितिको सभापतिका लागि शनिबार उम्मेद्वारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी छन् भने समर्थकमा इन्दीरा देवी गौतम र दुर्गा गुरुङ छन् ।

त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उम्मेदवारी परेको छ । उनको प्रस्तावकमा नारायण दत्त भट्ट र समर्थकमा शारदा देवी भट्ट रहेका छन् । आइतबार दुवै समितिको बैठकले एकमात्रै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा हुने उनले बताए । राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत ४ गतेका लागि तोकिएको थियो ।


प्रतिक्रिया