`

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

Nepal One HD ४ चैत २०८० ११:४१
प्रमुख खबर

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

आइतबार गृहमन्त्री लामिछानेले गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख श्याम ज्ञवालीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

गृहमन्त्रीले कृष्णबहादुर महरासहित प्रतिवेदनले औँल्याएका निजामती र प्रहरी कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै, उनले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा प्रहरीलाई नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन निर्देशन दिएका छन् ।


प्रतिक्रिया