नेपाल समाजवादी पार्टीमा यादव समूहले बनायो समानान्तर समिति
राजनीति
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को महिन्द्रराय यादव समूहले केन्द्रीय समितिको छुट्टै बैठक राखेको छ । मंगलबार काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरूलाई अमान्य घोषित गरेको छ ।
महासचिव रमेशप्रसाद यादवका अनुसार चैत ३ गते नेकपा (माओवादी केन्द्र)सँग भएको निर्णयको अनुमोदन गरेको छ । यादव समूहले प्रदेशको इन्चार्ज र अध्यक्ष पनि तोकेको छ ।यादव समूहलाई बाबुराम पक्षले यसअघि नै कारबाही गरिसकेको छ । माओवादीसँग एकताको सम्झौता गरेपछि उनीहरूलाई कारबाही गरिएको बाबुराम पक्षले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
