`

दूधकोशी, बूढीगण्डकी र नलगाड प्राथमिकतामा छः मन्त्री बस्नेत

Nepal One HD १० चैत २०८० १९:१८
राजनीति

काठमाडौँ, १० चैतः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्न जलाशयुक्त आयोजना निर्माण गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

गोरखाको धार्चे, आरुघाट र चुमनुब्री गाउँपालिकाद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ऊर्जा सन्तुलनका लागि भए पनि जलाशयुक्त आयोजना निर्माण गर्नैपर्ने बताउनुभयो । मुलुकको ऊर्जा आवश्यकता पूरा गर्न सरकारले पूर्वी क्षेत्रमा दूधकोशी, मध्य क्षेत्रमा बूढीगण्डकी र पश्चिममा नलगाढ जलाशयुक्त आयोजनालाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको उहाँको भनाइ छ ।

“अहिले बूढीगण्डकी परियोजनाको काम धेरै अघि बढेको छ, नलगाड पनि कार्यान्वयनका लागि तयारी अवस्था छ”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले मुलुकको विद्युत् उत्पादनको इतिहास एक शताब्दी नाघेको भए पनि पछिल्लो समय विद्युत् उत्पादनमा ठूलो फड्को मारिएको बताउनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य छमबहादुर गुरुङ, गोरखामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकहरू सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया