`

चराका कारण पोखरा बिमानस्थलबाट उडान अवतरण प्रभावित

Nepal One HD ११ चैत २०८० १२:५६
प्रमुख खबर

काठमाडौ । चराका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण प्रभावित भएको छ । बिमानस्थल र आसपास क्षेत्रमा चराको बथानै आएपछि उडान–अवतरण प्रभावित भएको हो ।

आइतबारका लागि १ सय ४० वटा आन्तरिक उडान तय भएको छ । बिहान एक उडानबाहेक अरु उडान हुन सकेको छैन ।
आइतबार बिहान चराको गतिविधिका कारण विमानस्थल बन्द रह्यो । चराको गतिविधिका कारण पोखरामा अवतरण गर्न नसकी १ घण्टापछि यति एयरलायन्सको जहाज पुनः काठमाडौं अवतरण गरेको थियो ।

पोखरा उडानका लागि तयारी अवस्थामा रहेका विभिन्न वायुसेवा कंपनीका जहाज चराकै कारण उडानमा ढिलाई भएको छ ।
चराको गतिविधिका कारण आज बिहान १० बजेपछि पनि विमानस्थल खुल्ने र बन्द हुने क्रम जारी छ ।


प्रतिक्रिया