इलाम-२ मा सुहाङ नेम्वाङ र बझाङमा भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय
राजनीति
काठमाडौं । नेकपा एमालेले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएपछि उक्त क्षेत्र रिक्त थियो । नेम्वाङको निधनपछि रिक्त उक्त क्षेत्रमा एमालेले उनका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
