`

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

Nepal One HD १२ चैत २०८० १६:४३
समाचार

काठमाडौं । सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ । सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।

प्रसाईले बी एन्ड सी कलेजलाई सम्बन्धनको माग गर्दै चिकित्सा शिक्षा आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।


प्रतिक्रिया