`

प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेर नै महरालाई पक्राउ गरिएको होः प्रहरी महानिरीक्षक कुँवर

Nepal One HD १४ चैत २०८० १४:३४
समाचार

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पिएसओ र गाडी छोडेर हिँडेपछि पक्राउ गरिएको बताएका छन् ।

बुधबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक कुँवरले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेर नै महरालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘उहाँले असहयोग गर्नुभयो । त्यसक्रममा गाडी छाडेर हिँड्नुभएपछि ल्याएका हौं ।’ उनले महराको स्वास्थ्य अवस्थाले हिरासतमा अप्रिय घटना नहोस् भनेर हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपरेको बताए ।

प्रहरीले महरालाई चैतमा कपिलवस्तुबाट पक्राउ गरेको थियो । तर महरालाई स्वास्थ्य अवस्था कमजोर भएको कारण देखाउँदै सरकारी वकिलको कार्यालयले हाजिरी जमानतमा छाडेको थियो ।


प्रतिक्रिया