`

भ्रष्टाचार र राजस्वसँग जोडिएको विषयलाई न्यायपालिकाले वर्षैसम्म पेसी नदिनुमा राजनीतिक प्रभावः सांसद सिंह

Nepal One HD १८ चैत २०८० १४:३१
राजनीति

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले न्यायपालिकामा नियुक्ति भागबन्डाको. आधारमा भइरहेको आरोप लगाएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले न्यायपालिकामा नियुक्ति भागबन्डाको.आधारमा भइरहेको भन्दै भागबन्डाको आधारमा निर्णय गर्ने कुरा दुःखद कुरा रहेको बताए ।

उनले भने, ‘न्यायपालिकामा नियुक्ति भागबन्डाको. आधारमा भइरहेको छ । भागबन्डामा नियुक्ति हुनु एउटा कुरा हो तर भागबन्डाको. आधारमा निर्णय गर्ने कुरा दुःखद् कुरा हो । यसले न्यायपालिको छविलाई माथि पुर्याउदैन । र देशको न्याय प्रणालीमाथि नै प्रश्न उठाउँछ ।’

उनले वर्षौ देखि भ्रष्टाचारको मुद्दा,देशको राजस्वसँग जोडिएको विषयलाई न्यायपालिकाले वर्षैसम्म पेसी नदिनुमा राजनीतिक प्रभाव रहेको आरोप लगाए ।

उनले भने,‘वर्षौ देखि भ्रष्टाचारको मुद्दा हुन्छ । देशको राजस्वसँग जोडिएको विषय हुन्छ । त्यसलाई न्यायपालिकाले वर्षैसम्म पेसी नदिने । त्यसमा राजनीतिक प्रभाव छ । विगतमा पनि न्यायापालिका बद्नाम थियो अहिले पनि यस्तै रह्यो भने देशमा विश्वासको खडेरी परिरहेको छ ।’


प्रतिक्रिया