सुदूरपश्चिमको मुख्यमन्त्री लिने सर्तमा नेकपा एसले बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने
प्रमुख खबर
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) लाई दिने सत्ता गठबन्धनभित्र सहमति भएको छ ।
सोही सहमतिका आधारमा नेकपा एसले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासकाृे मत दिने भएको छ ।
यसअघि जम्कट्टेललाई विश्वासको मत दिन नेकपा एसले कम्तिमा एक प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने शर्त अघि सारेको थियो ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सातमध्ये कम्तीमा एक मुख्यमन्त्री आफ्नो पार्टीलाई दिनुपर्ने अडान गठबन्धन बैठकमा समेत राखेका थिए । बैठकमा बागमती प्रदेशमा आलोपालो मुख्यमन्त्री लिने पनि सहमति बनेको बालुवाटार श्रोतले जनाएको छ ।
जम्कट्टेलपछि एकीकृत समाजवादी संसदीय दल नेता कृष्ण खनाल मुख्यमन्त्री बन्ने समझदारी बनेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
