`

कर्णालीमा एमालेलाई मुख्यमन्त्री दिन प्रधानमन्त्रीको निर्देशन

Nepal One HD १९ चैत २०८० २१:१८
राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको नेतृत्व नेकपा एमालेलाई दिन निर्देशन दिएका छन् । सोमबार प्रधानमन्त्रीले एमालेका लागि बाटो खुला गर्न मुख्यमन्त्री राजकुमार शर्मालाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले गठबन्धनमा भएको सहमतिअनुसार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललाई फोन गरी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न निर्देशन दिएका छन् ।

यसरी आफ्नै पार्टीका नेता मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिन लागेका बेला प्रचण्डले एमालेलाई समर्थन गर्न निर्देशन दिएपछि एमालेले मुख्यमन्त्री पाउने सम्भावना बढेको हो । तर, मुख्यमन्त्री शर्मालाई पार्टी उपमहासचिव जनार्दन शर्माको बलियो साथ छ ।


प्रतिक्रिया