`

समावेशी आयोगमा अध्यक्ष र महिला आयोगको सदस्यका लागि दरखास्त आह्वान

Nepal One HD २० चैत २०८० ८:५४
समाचार

काठमाडौं । संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय महिला आयोगका लागि दुई जनाको आवेदन माग गरेको छ । मंगलबार सूचना जारी गरी परिषद्ले समावेशी आयोगका लागि अध्यक्ष र महिला आयोगमा रिक्त रहेको सदस्य पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण मिमल्सेना आगामी वैशाख २ गतेदेखि अवकासमा जाँदै छन् । बैशाख २ देखि उक्त पद रिक्त हुने भएकाले अध्यक्षका लागि परिषद्ले दरखास्त माग गरेको हो ।महिला आयोगमा एक सदस्य पद रिक्त छ । परिषद्ले योग्यता पुगेका र इच्छुक नेपाली नागरिकलाई आवश्यक आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ ।


प्रतिक्रिया