`

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए पदबाट राजीनामा

Nepal One HD २१ चैत २०८० ११:३३
प्रमुख खबर

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री पाण्डेले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

संसदमा बहुमत नपुग्ने र ठूलो दलको नेताको हैसियतले मुख्यमन्त्री बन्न सक्ने सम्भावना बाँकी देखेर मुख्यमन्त्री पाण्डेले राजीनामा दिएका हुन्. । केन्द्रमा गठबन्धन फेरिँदा गत २३ फागुनमा माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डे अल्पमतमा परेका थिए ।

राप्रपाले एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन सहयोग नगरेमा पाण्डे ठूलो दलको हैसियतले मुख्यमन्त्री बन्छन् । विश्वासको मत नपाएर पदमुक्त भए पनि राप्रपाले नयाँ गठबन्धनलाई साथ नदिए पाण्डे मुख्यमन्त्री बन्न सक्ने सम्भावना थियो ।

तर, राप्रपाको आन्दोलन र गण्डकीका नवआगन्तुक प्रदेश प्रमुखले गर्न सक्ने सम्भावित गतिविधि अनुमान गरेर उनले राजीनामा दिएका हुन् ।


प्रतिक्रिया