`

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्ति पार्टीको ह्वीप

Nepal One HD २१ चैत २०८० १४:२१
राजनीति

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेकी छन् ।

अध्यक्ष श्रेष्ठले प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएकाले पार्टी अध्यक्षले नै ह्वीप जारी गरेको बताएकी छिन् ।

पत्रमा भनिएको छ, ‘मुख्यमन्त्री कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्नु हुन निर्देशनसहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु ।’

मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिँदैछन् । सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा नाउपाका ७ जना सांसद छन् तीमध्ये ५ जना मन्त्री छन्।


प्रतिक्रिया