`

नागरिक उन्मुक्तिको किलचो : सुदूरपश्चिम सरकारमा रहेकी मन्त्री गिरीलाई सांसदबाटै हटाउन पत्राचार

Nepal One HD २१ चैत २०८० १४:३२
प्रमुख खबर

काठमाडौ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम सरकारमा संलग्न रहेकी राज्यमन्त्री इन्दिरा गिरीलाई सांसदबाटै हटाउन प्रदेश सभालाई पत्राचार गरेकी छन् ।

राज्यमन्त्री गिरीमाथि पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिने गरेको आरोप लागेको छ ।
गिरी नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद हुन् । कांग्रेसबाट सुदूरपशिचम सरकारको नेतृत्व गरेका मुख्यमन्त्री कमलबहादुर शाहीले सरकारको आयु लम्ब्याउन नाउपाकी गिरीलाई भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।

तर, पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच सुदूरपश्चिम सरकारलाइृ समथृन गर्ने नगर्नेमा विवाद छ । संरक्षक चौधरी कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभाग िहुनुपर्ने अडानमै छन् भने अध्यक्ष श्रेष्ठ सरकारलाइृ दिएको समर्थन फिर्ता लिएर केन्द्रमा बनेको नयाँ गठबन्धन अनुरुप अघि बढ्नुपर्ने अडानमा छिन् । पछिल्लो समय विवाद बढ्दै गएपछि नाउपा फुटको संघारमा छ । यही विवादको एक अंशको रुपमा गिरीलाई सांसद पदबाटै हटाउने पत्राचार भएको बुझिाएको छ ।


प्रतिक्रिया