`

कर्णालीका मुख्यमन्त्री शर्माद्वारा राजीनामाको घोषणा

Nepal One HD २१ चैत २०८० १७:००
प्रमुख खबर

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले आज प्रदेशसभालाई सम्बोधन गर्दै पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहिरहन उपयुक्त नदेखिएकाले राजीनामा दिने निर्णय गरेको बताएका हुन् ।

केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धन अनुरुप कर्णाली एमालेलाई छाड्ने सहमति बनेको थियो । कर्णालीमा माओवादीले समेत मुख्यमन्त्रीमा दावी गर्दै अहिलेका मुख्यमन्त्री शर्माले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । आफू पदमा नरहे पनि कर्णालीबासीको समृद्धिको आकांक्षा पूरा गर्न सक्रियतापूर्ण लागि पर्ने उनले बताएका छन् ।


प्रतिक्रिया