`

न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश

Nepal One HD २१ चैत २०८० १७:४०
प्रमुख खबर

काठमाडौ । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीशद्धय हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो ।

न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् । जिल्ला सरकारी वकिल कार्यालयले वैवाहिक बलात्कारको मुद्दा चलाएपछि जिल्ला र उच्च अदालतले गिरीलाई धरौटीमा रिहा गरेका थिए ।
मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन् ।


प्रतिक्रिया