दुई छोरासहित लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक पाउलको मृत्यु

समाचार

रसुवा – रसुवाको लाङटाङ क्षेत्रको भ्रमण गर्ने त्रममा आज एक पर्यटकको मृत्यु भएको छ । लाङटाङको भ्रमण गर्ने क्रममा बेलायती नागरिक ६७ वर्षीय कार्टर माइकल पाउलको मृत्यु भएको हो । पाउल आफ्ना दुई छोरा र पथ प्रदर्शकको साथमा स्याफ्रुबेँसीतर्फ जाँदै गर्दा लाङटाङ खोला झोलुङ्गे पुल आसपास क्षेत्रमा बेहोश अवस्थामा भेटिएका थिए ।
पाउललाई हेलिकप्टरमा उद्धार गरी काठमाडौँस्थित मेडिसिटी अस्पताल पु¥याउँदा चिकित्सकले शुक्रबार साँझ मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नेत्रप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट