`

युवा परिषदद्वारा लोकसेवा आयोगका तयारी कक्षा निःशुल्क सञ्चालन

Nepal One HD २५ चैत २०८० १०:५१
समाचार

काठमाडौं । प्रदेश युवा परिषद, बागमतीले युवाहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले परिषदले कक्षा सुरु गरेको हो ।

परिषदले खरिदार पदको तयारीका लागि निःशुल्क डेढ महिने कक्षा संचालन गरेको हो । खरिदारको निःशुल्क तयारी कक्षाको शनिवार सामाजिक विकास मन्त्री कुमारी मुक्तानले उद्घाटन गरेकी हुन् । उनले युवाहरुमा सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन आवश्यक रहेको बताएकी छन् ।


समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताइन् ।

अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध भन्ने मन्त्रीको भनाइ थियो ।

कार्यक्रममा परिषदका कार्यकारी उपाध्यक्षले लोकसेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै परिषदले युवाका लागि खरिदार पदको लोकसेवा तयारी कक्षा संचालन गरिरहेको जनाएको छ ।

जिल्लाको सदरमुकाममा लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँ युवाहरु खुसी भएको छन् । तयारी कक्षामा द्वन्द पीडित, घाईते, दलित, जनजाति, अपंगता भएका ५० भन्दा बढ़ी महिलाको सहभागिता रहेको छ ।

परिषदले युवाहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको परीक्षार्थीहरुले बताएका छन् । राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै प्रशिक्षार्थीहरुले कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवाहरु आउनु पर्ने बुझाइ भएकाले यो कार्यक्रम उपयोगि भएको बताएका छन् ।


प्रतिक्रिया