`

मोजाम्बिकमा डुङ्गा दुर्घटना हुँदा ९१ जनाको मृत्यु

Nepal One HD २६ चैत २०८० १३:२२
विश्व

मोजाम्बिकको उत्तरी प्रान्त नाम्पुलाको मोजाम्बिक टापु नजिकै आइतबार अत्यधिक भार भएको एक डुङ्गा पल्टिँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ९१ जनाको मृत्यु भएको, ३० जना वेपत्ता रहेका र पाँच जनालाई जिवितै उद्धार गरिएको छ । दुर्घटनामा बालबालिका र महिलासमेतको मृत्यु भएको बताइएको छ ।

मोसुरिल जिल्लाबाट उडेको जहाजले १३० यात्रु बोकेको नाम्पुला प्रान्तका एक मन्त्री जैमे नेटोले जानकारी दिए ।

नेटोले आरएमलाई हैजाको प्रकोपको बारेमा गलत सूचनाका कारण आतङ्कित यात्रुहरूले आफ्नो मूल बाटो छोडेर उक्त डुङ्गामा चढेका र दुर्घटनामा परेका बताए ।

दुर्घटनामा परेको डुङ्गा धेरै मानिसहरू चढ्नको लागि नभई माछा मार्ने प्रयोजनको लागि तयार गरिएको भएता पनि हैजाको प्रकोपको बारेमा गलत सूचना आतङ्कका कारण उनीहरू हतारिएर निकै खचाखचरूपमा भरिएको उक्त डुङ्गामा चढेको नेटोले बताए ।

दुर्घटनामा परी बेपत्ता व्यक्तिहरूको खोजी जारी राख्दै दुर्घटनाको अनुसन्धान गर्न अधिकारीहरूले बहुक्षेत्रीय टोली गठन गरेका छन् ।


प्रतिक्रिया