`

कोशी प्रदेश सरकारबाट माओवादी फिर्ता

Nepal One HD २६ चैत २०८० १५:१६
राजनीति

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । नेपाली कांग्रेसका केदार कार्की नेतृत्वको प्रदेश सरकार ढाल्ने तयारीस्वरूप माओवादी केन्द्र सरकारबाट बाहिरिएको हो ।

सोमबार प्रदेशसभा संसद सचिवालयमा बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले कार्की नेतृत्वको सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ । माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बहुमतको दाबी प्रदेश प्रमुखसँग आजै गर्ने र विशेष अधिवेशन आह्वानका लागि निवेदनसमेत दिने निर्णय भएको जानकारी दिए ।

संविधानको धारा ६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीलाई सत्ताच्युत गर्न एमाले र माओवादीका सांसदले हस्ताक्षर संकलन गरिरहेका छन् ।

सांसदहरूको हस्ताक्षर संकलन गरी समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएर सरकार ढाल्ने र नयाँ गठबन्धनको सरकार गठन गर्ने एमाले–माओवादीको तयारी छ । तर, मुख्यमन्त्री कार्कीले भने संवैधानिक व्यवस्था अनुसार आफू नेतृत्वको सरकार ढाल्ने नसक्ने जिकिर गर्दै आएका छन् ।


प्रतिक्रिया