प्रधानमन्त्रीलाई विश्वप्रकाशको आग्रहः रास्वपाको माग उपयुक्त छ, उच्चस्तरीय समिति गठन गरौं
राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको माग अनुसार नै संसदीय समिति गठन गर्न प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
मंगलबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले विगतदेखि आफूहरुले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समिकिो माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त रहेको बताएका हुन् ।
उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्री प्रचण्डलाई सार्वजनिक अपील ! १) विगतदेखि हामी सबैले माग गर्दैआएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, यो उपयुक्त छ । गठन गरौं । २) सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गरौं !’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
