`

सहकारी प्रकरणमा संसदीय छानविन समिति बन्दैँन : प्रधानमन्त्री प्रचण्ड

Nepal One HD २९ चैत २०८० १२:३०
राजनीति

विराटनगर / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा संसदीय छानविन समिति नवन्ने स्पष्ट पारेका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेबिरुद्ध छानविन गर्ने कांग्रेसको माग राजनीतिक पूर्वाग्रहमात्रै भएको भन्दै छानविन समिति बन्न नसक्ने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने बताए ।

प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने जिकिर गरे ।

उनले प्रतिनिधिसभामा देखिएको गत्यावरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने विश्वास व्यक्त गरे । कोशी प्रदेशका केन्द्रिय सदस्य र प्रदेश पदाधिकारीहरुको विस्तारित बैठकमा सहभागि हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड विराटनगर पुगेका हन् ।


प्रतिक्रिया