लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै
राजनीति
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि चैत्र २३ गते मुख्यमन्त्री बनेका महराले आज प्रदेशसभामा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
संविधानबमोजिम मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर महराले एक साता नबित्दै विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाको शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
महरा गठबन्धनमा रहेका पाँच दल र एक स्वतन्त्र सांसद समेतको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ८७ सदस्यीय प्रदेशसभामा उनलाई प्रदेशसभामा ४८ सांसदको समर्थन छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
